क्रिकेटखेल

विश्वकप लिग–२ : नामिबियासँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो शृङ्खला अन्तर्गत तेस्रो खेलमा आज(बुधबार) नेपालले नामिबियासँग खेल्दैछ । जारी प्रतियोगितामा नेपालले आज दोस्रो पटक नामिबियासँग खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९: ३० बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई पराजित गर्दै श्रृंखलामा दोस्रो जित निकाल्ने उद्देश्यका साथ नेपाल मैदानमा उत्रिने छ भने नामिबिया पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सोस्री जित दर्ता गर्ने सुरमा रहेको छ ।

जारी श्रृंखला अन्तर्गत यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो भयो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । यस शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । कुल ८ टोली सहभागी रहेको प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नेछ ।

नेपाल २ खेलमा एक जित र एक हारसहित दुई अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा दुई अंक नै जोडेको नामिबिया र नेदरल्यान्ड्स क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् । नेपाल र नामिबियाबीच भएका पाँच भिडन्तमा नामिबिया र नेपालले समान २-२ खेलमा जित निकाल्दा एक खेल नतिजाविहीन भएको छ ।

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भिम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ् रहेका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.