क्रिकेटखेल

नेपालले दियो नामिबियालाई एकसय ६९ रनको लक्ष्य, आशिफको अर्द्धशतक

काठमाडौंमाा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर नेपालले १ सय ६८ रन बनाएको हो । त्रिवि मैदानमा तीन खेलमा पहिले ब्याटिङ गर्ने टोलीले १ सय ५० रन कटाएको यो पहिलोपटक हो ।

नेपालका लागि आशिफ शेखले ५८ रनको अर्द्धशतकीय पारी खेले भने कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८ र करण केसीले १२ रन बनाए ।

यसअघिका खेलमा आक्रामक ब्याटिङ गरेका अनिल साह शून्यमा आउँट हुँदा देव खनाल र नेपालका कप्तान रोहित पौडेल पनि शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टिइटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।

नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित श्रृङ्खलामा तीनवटै टोलीले एकएक खेल जितेका छन् । श्रृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई हराएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्लाई, तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई हराएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.