जन सरोकार

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

गत शुक्रबार आफ्नी पाँच वर्षीय छोरीलाई बोकेर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

२८ वर्षीया माया रम्तेलले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएकी रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले राससलाई बताउनुभयो ।

फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो ।

मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.