राजनीति

आर्थिक परिसूचकमा सुधार हुँदै गए पनि अर्थतन्त्र चापमा नै रहेको

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गए पनि अर्थतन्त्र चापमा नै रहेको स्वीकार गर्नुभएको छ ।

ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएका डा महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने प्रतिबद्धता दोहोr/याउनुभयो ।

अर्थमन्त्रीले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई गतिशिल बनाउन भरमग्दुर प्रयास भइरहेको बताउनुभयो ।

आर्थिक वर्ष ८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्राणाली सुधारका अधिंकाश विषय कार्यान्वयन क्रममा रहेका जानकारी दिँदै उहाँले भन्नुभयो, “परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथामिकताबारे छलफल गर्ने व्यवस्था मिलाइएको छ ।”

उहाँले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमा थालिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा ऋण परिचालन गर्न सुरू गरिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.