जन सरोकार

श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेको आशङ्का

काठमाडौँको नागार्जुन नगरपालिका ६ भैरबटोलमा बुधबार विहान एक घरको कोठामा तीनजनाको हत्या भएको घटनामा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ ।” विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.