क्रिकेटखेल

विश्वकप लिग-२ : नामिबियासंग नेपालको दोस्रो हार

आईसीसी क्रिकेट विश्वकप लिग-२ को तेस्रो खेलमा नेपाल नामिबियासंग २ विकेटले पराजित भएको छ । लिगको पहिलो खेल नामिबियालाई सुम्पेको नेपाल बुधबार दोस्रो खेलमा पनि पराजित भयो ।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको नामिबियाले नेपाललाई एक सय ६८ रनमा सीमित गरेको थियो । नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । १ सय ६९ रनको लक्ष्य उसले ८ विकेटकको क्षतिमा ४० ओभरमा पूरा गर्यो ।

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाउनुभयो । यस्तै माइकल भान लिङ्गेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाउनुभयो । उहाँले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनुभयो । बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिनुभयो । कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिनुभयो ।

जितसँगै चीन खेलबाट चार अङ्क बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेदरल्यान्ड्सको दुई खेलबाट दुई अङ्क छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको चौथो तथा अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आठ टोली सहभागी आइसिसी विश्वकप लिग–२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई) र अमेरिका रहेका छन् । सन् २०२७ सम्म चल्ले यस लिगमा प्रत्येक टोलीले त्रिकोणात्मक सिरिजको ढाँचामा कूल एक सय ४४ खेल खेल्नेछन् ।

जसमध्ये शीर्ष चारमा रहने टोलीले एक दिवसीय मान्यता जोगाउने छ भने विश्वकप छनोट खेल समेत खेल्न पाउनेछ । लिग–२ सिरिजको अघिल्लो लामो चक्रमा नेपालले गतवर्ष पछिल्ला खेलहरूमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाउँदै लिग–२ मै रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.