जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । संखुवासभा, खाँदबारी नगरपालिका-४ सेकाहा बस्ने ५० वर्षीया नेप्टिमाया गुरूङ चिचिला गाउँपालिका-२ देवबारीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

मंगलबार घरबाट घाँस काट्न हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै सुनसरी, कोशी गाउँपालिका-७ स्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै गुल्मी, इश्मा गाउँपालिका-६ पल्लेरी बस्ने २१ वर्षीय मदन भन्ने टिका बहादुर कुमाल सोही ठाउँस्थित लामसेरा जङ्गलको भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत माघ २५ गतेदेखि हराएका उनको अस्थायी प्रहरी पोष्ट धनार्जेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

यता रुकुम पश्चिम, त्रिबेणी गाउँपालिका-७ कुरलस्थित घरको आँगनमा मुसिकोट नगरपालिका-१२ बस्ने ५० वर्षीय प्रेम बहादुर वली मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.