जन सरोकार

करिब १८ किलो पाँच सय ग्राम गाँजा बरामद

सिरहा, धनगढीमाई नगरपालिका-४ सन्तनगरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

गाँजा

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीलाई देख्नासाथ म.प्र.०१-००४ प ४३०३ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले बोरामा लैजाँदै गरेको उक्त गाँजा र मोटरसाइकल छोडी फरार भएपश्चात् बोराबाट प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.