कर्पोरेट/पर्यटन

क्यानडामा नेपालको पर्यटन प्रवर्द्धन

क्यानडाको टोरन्टोमा नेपालको पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको हो ।

नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले यही फागुन ७ गते उक्त कार्यक्रम आयोजना गरिएको हो ।

त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, संस्कृति र आध्यात्मिकताको अद्वितीय नमुनाका रुपमा रहेको बताउनुभयो ।

उहाँले क्यानडाली पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न दूतावास तयार रहेका स्पष्ट पार्नुभयो ।

कार्यक्रममा टोरन्टोमा रहेका ट्राभल एजेन्सी र टुर अपरेटरका प्रतिनिधि, पर्यटन बोर्डका अधिकारी, नेपाली ट्राभल र टुर कम्पनीका प्रतिनिधिलगायत पर्यटन व्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.