राजनीति
रास्वपाको पोखरा चुनावी सभा स्थगित
फागुन २१ को निर्वाचन लक्षित प्रचारप्रसारमा तीब्रता दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार गर्ने भनिएको पोखराको चुनावी सभा कार्यक्रम स्थगित भएको छ ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिइन् ।
रास्वपाले भैरहवामा शनिबार र आइतबार पोखरामा सम्बोधन कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।
दाङमा रवि लामिछानेलाई स्वागत गर्न भेला भएका समर्थकहरूले झण्डा जलाएको आरोप एमालेले लगाएको छ । जसका कारण सुरक्षा जोखिम बढ्न सक्ने आँकलन गरिएको छ।
सभापति लामिछानेले भने आफ्ना कार्यकर्ताले एमालेको झण्डा नजलाएको र कसैले जलाएको भए कारबाही हुने बताउनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्