राजनीति

प्रधानमन्त्री ओलीको विकास र समृद्धिको पुस्तक ‘भिजन टू एक्सन’

समृद्ध नेपाल सुखी नेपालीको अभियानमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि चाहिने दृष्टिकोण र सो दृष्टिकोण कार्यान्वयनका लागि चाहिने सक्रियतामा आधारित पुस्तक ‘भिजन टू एक्सन’ विमोचन गरिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा शताब्दी पुरुषद्वय राष्ट्रकवि माधव घिमिरे र सत्यमोहन जोशीले विमोचन गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर पुस्तक बिमोचन गरेको हो ।

फागुन ११ गते जन्म दिन भए पनि यसपटक उहाँ जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लाग्नु भएकाले एक दिन अघि नै विमोचन गरिएको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.