राजनीति

प्रधानमन्त्री ओलीको 'भिजन'मा यस्तो हुनेछ 'एक्सन'

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक पार्न आफ्ना भिजनहरु समेटेर पुस्तक सार्वजनिक गर्नुभएको छ । उहाँले पुस्तक विमोचन समारोहमा आफ्ना भिजन र निष्कर्षहरु पनि सार्वजनिक गर्दै अरुलाई बिगारेर आफू सप्रिएको देखिने हैन कि सबैलाई सपार्ने बाटो लिनसके मात्रै मुलुक रुपान्तरित हुने बताउनुभएको छ ।

शनिबार प्रधानमन्त्र निवास बालुवाटारमा आफ्नो पुस्तक ‘भिजन टु एक्शन’ सार्वजनिक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अरुको बाटो रोकेर आफू अब्बल बन्ने नभएर स्वस्थ प्रतिस्पर्धामार्फत अघि बढ्नुपर्ने बताउनभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न बर्तमान सरकार योजनावद्ध रुपमा अघि बढेको छ । ‘हामीसँग बिकासको प्रचुर संभावना छ, कसैले मेटन नसक्ने गरी त्यो संभावनाको ढोका खोलेर अघि बढाउन सरकार प्रतिवद्ध छ, अहिलेसम्म नभएको केवल अब्यवस्थाले गर्दा मात्रै हो विकासमा नेपाललाई धेरै अगाडि बढाउन सकिन्छ, अलिक बढी नै हावा चल्दा पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।’

नेपालमा प्रचुर स्रोत साधन रहेको र नेपालीमा असाधारण जेनेटिक मेमेरी रहेको बताउँदै वर्तमान सरकारले मुलुकको ब्यापार घाटा कम गर्न र सन्तुलन मिलाउन निर्यातमुखी उद्योगमा जोड दिएको भन्दै अबका सवै प्रयाशहरु यसतर्फ केन्द्रित हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो नेपालीले स्वास्थ्य नै बिग्रने गरी आयातित बस्तु सेवन गर्नुभन्दा नेपाली उत्पादनमै जोड दिनुपर्ने आवश्यकता रहेको छ । उपभोगका ढाँचा, तोरतरिका र प्रबृत्तिलाई फेर्न जरुरी छ, स्वास्थ्य नै बिग्रने गरी बिभिन्न केमिकल फ्लेभर भएका झोलहरु ल्याएर खान्छौं, त्यस्ले स्वास्थ्य पनि बिग्रन्छ, आयात पनि बढछ’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.