राजनीति

प्रतिनिधिसभा पुनःस्थापना नभए देश दुर्घटनामा जान्छ : पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

मधेश यात्रामा निस्किनुभएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गर्नुभयो । प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उहाँको विश्वास छ ।

“प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको हो । भ्रममा नरहँदा हुन्छ”, उहाँले भन्नुभयो, “संविधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबाहिर गएर फैसला गर्न सक्दैन ।”

नेता पौडेलले आन्दोलनमा मधेशका नेताहरूको ठूलो योगदान रहेको बताउँदै ती नेताहरूको सम्मान र ऐतिहासिक ठाउँहरूको भ्रमणका लागि आफू मधेश यात्रामा निस्केको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.