आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा संजीव राई

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १७ औं महाधिवेशनले संजीव चाम्लिङ राईलाई नयाँ अध्यक्षमा चयन गरेको छ । ‘बहुजाती, भाषा, धर्म संस्कृति नेपालको पहिचान, समानता र न्यायको पक्षमा १७औं महाधिबेशन’ भन्ने मूल नाराको साथ सम्पन्न महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको तीनजना उपाध्यक्षमा शान्तकुमार पहरी (नेपाल पहरी विकास संघ), रित राना, (नेपाल मगर संघ), डेनी शेर्पा, (शेर्पा) संघ चयन भएका छन । यस्तै महासचिवमा शिशिर निदलेकु लिम्बू, (किरात याक्थुङ चुम्लुङ), सचिव कनैलाल चौधरी, (थारु कल्याणकारी सभा), महिला सचिव शुशील राई (किरात राई यायोक्खा) र कोषाध्यक्षमा सुनिता श्रीष मगर (नेपाल मगर संघ जापान) चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुदन राई, प्रमिला राई, आपेक्षा मादेन लिम्बू, बालविक्रम तिगेला, बल डंगोल नेवा अन्तर्राष्ट्रिय फोरम, अरुण भट्टचन, थकाली सेवा समिति, हरि चौधरी, थारु कल्याणकारी सभा, टेक थामी, थामी समाज जापान, खेम गुरुङ, तमु धीँ जापानबाट चयन भएका छन् ।
नेपाली राजदूतावास जापानका नियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा जुम भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा कोषाध्यक्ष सोममाया गुरुङको आर्थिक प्रतिवेदन र महासचिव शान्तकुमार पहरीको कार्य प्रगति प्रतिवेदन पास गरेको थियो ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशी, नेफिन केन्द्रका उपाध्यक्ष गोविन्द छन्त्याल, नेफिन जापानका सल्लाहकारद्वय ओम गुरुङ, हवलचन्द्र लामा, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसै गरी नेफिन इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो, नेफिन पोर्चुगलका अध्यक्ष हेमबहादुर गुरुङ, नेफिन दक्षिण कोरियाका अध्यक्ष युगेल टेन्डुप शेर्पा, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,एनआरएनए जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ,सल्लाहकार शिवप्रसाद पौडेल,नेफिन जापानमा आवद्ध संस्थाहरु तमु धीं जापानका अध्यक्ष सौगात गुरुङ, महासचिव चित्र गुरुङ, नेपाल तामाङ समाज जापानका अध्यक्ष रूबीना तामाङ, महासचिव बलराम थिङ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, नेपाल मगर संघ जापानका अध्यक्ष नबीन थापा मगर, शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा, किरात राई यायोक्खा जापानका अध्यक्ष रमेश राई, किरात याक्थुङ चुम्लुङबाट महासचिव लक्ष्मीहाङ लिम्बू र नेपाल थामी समाजका अध्यक्ष रेशम थामी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
महाधिवेशन निर्वाचन समिति संयोजक ओम गुरुङ, सदस्यहरु हवलचन्द्र लामा र शरद गौचनको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्