राजनीति

प्रचण्ड-नेपाल समूहको ६८ जिल्ला नेतृत्व : ३५ पूर्व माओवादी, ३३ पूर्व एमाले (सूचीसहित)

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच लिखित सहमति र नेतृत्व चयनको मापदण्ड तयार भएपछि जिल्ला नेतृत्व चयन गरिएको हो ।

प्रचण्ड(नेपालले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन् । जिल्ला नेतृत्वमा पूर्व माओवादीले ३५ र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ ।

Prachanda-Nepal CPN

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.