राजनीति

सत्ता गठबन्धनबाट आन्दोलन हुनु आपत्तिजक

केही दिनयता काठमाडौंको वानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा सत्ता घटकबाटै आन्दोलन भैरहेको छ ।

एमसीसी संसदमा टेबल गर्न सहमति जनाउने अनि बाहिर कार्यकर्तालाई आन्दोलन गर्न लगाएर प्रहरीमाथि ढुंगामढा गर्ने कार्य आपत्तिजनक मानिएको छ ।

यसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै एमसीसीविरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकामा आपत्ती प्रकट गर्नुभएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताउनुभयो ।

उहाँले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको आज ध्यानाकर्षण गराएको बताउनुभयो । आइतबार एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.