क्रिकेटखेल

नौ वर्षअघिको इतिहास दोहोर्याउने संकल्पमा नेपाल

सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी २० विश्वकपमा छनोट भएर सहभागिता जनाएको नेपालले प्रतियोगतामा पनि उत्कृष्ट प्रदर्शन गरेपछि नियमित विश्वकप खेल्ने सम्भावना औंल्याइएको थियो ।

तर, त्यसयता नेपाल विश्वकपमा छनोट तहुन सकेन । अहिले भने २०२२ मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोटको संघारमै पुगेको छ । विश्वकप छनोटका लागि नेपालले आज युएईलाई पन्छाउनु आवश्यक छ ।

छनोट प्रतियोगितामा आफ्नो समूहको तीवटै खेलमा विजयी रहँदै विपक्षीमाथि हावी भएको नेपालका लागि युएईसंगका खेल नेपाली क्रिकेटको विश्वकप भविष्यसंग जोडिएको छ ।

नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्‍याएको थियो भने जिम्बावेमा भएको पपुवा न्युगिनीसँगको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएको थियो । आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुनः पुग्नेछ ।

यूएईलाई पन्छाउँदै अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न तयार रहेको नेपालका प्रशिक्षक पुबुदु दासानायकेले बताउनभएका छ ।

क्यानडामाथि सोमबार सहज जित हात पारेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो दुई खेल जितेर सेमिफाइनल आधार बनाए पनि नेपालको अन्तिम चारको यात्रा निश्चित हुन सकेको थिएन ।

नेपालले ८ विकेटको सहज जित निकाल्यो । क्यानडालाई १५ ओभरमा ८० रनमै अलआउट गरेपछि नेपालले पनि १५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।

सेमिफाइनललाई लिएर कप्तान सन्दीप भन्छन् यूएईसँगको खेल हाम्रा लागि निकै ठूलो हुनेछ, त्यसैले हामी यसमा शतप्रतिशत खेल्नेछौं । अहिलेसम्मको यात्रा धेरै राम्रो भइरहेको छ र यूएईसँगको खेललाई हामी व्यग्र प्रतीक्षा गरिरहेका छौं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.