राजनीति

सर्वोच्चद्वारा एमसीसीबिरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्न संसदमा पेश गरेपछि संसदीय प्रक्रियामा अघि नबढाउन माग गर्दै परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालत

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले रिट दर्ता नगरिएको बताउनुभयो ।

सोमबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले एमसीसी सम्झौता संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै रिट दिनुभएकाृको थियो ।

उहाँहरुले एमसीसी सम्झौता नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

रिट निवेदनमा भनिएको थियो- “एमसीसी नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनता प्रतिकुल रहेको छ” ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.