कला/मनोरन्जनकलिउड

काठमाडौँमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा एक दर्जन देशको सहभागितामा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी लगायत मुलुकबाट तीन सय ५० कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा १९ गते उद्घाटन हुने महोत्सव विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ, कास्कीमा समेत विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।

स्थानीय लोककला, सांस्कृतिक झाँकीका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुतिसमेत महोत्सवमा गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.