राजनीति

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

लामो समयदेखि कायम रहेको अन्योल चिर्दै सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त गरेको छ ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

उपकुलपति नियुक्तिमा गम्भीरता नदेखाइएको भन्दै विभिन्न क्षेत्रबाट गुुनासो आएपछि आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिश गरिएका व्यक्तिहरुको बारेमा अध्ययन गर्नुभएको थियो ।

उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.