राजनीति

झापामा ठडियो बिपीको पूर्णकदको शालिक

झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कठ्ठा जग्गामा बिपी वन बाटिका निर्माण गरेका हुन् ।

पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो । नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.