राजनीति

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्न कार्यदल

माधव कुमार नेपाल

माधव नेपाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने प्रावधान राख्ने उद्देश्यसहित संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ ।

मधेशवादी दलहरुले सरकारले संविधान संशोधनमा चासो नदिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि कुनै चासो नदिएको नेकपा उपाध्यक्ष गौतमले आफू प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधन भए मात्रराष्ट्रियसभामा जाने भन्दै उम्मेदवारी दिन अस्वीकार गर्नुभएको थियो ।

अहिले नेकपाले गौतमलाई राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ । तर गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएपछि कार्यदल गठन भएको हो ।

समाचार अनुसार पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य रहनुभएको छ । यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.