अर्थ

सुनको मूल्य आजसम्मकै सबैभन्दा बढी- तोलाको ७८ हजार आठ सय

केही दिनयता लगातार वृद्धि हुँदैआएको पहेंलो धातु सुनको मूल्यमा आइतबार अहिलेसम्मकै उच्च वृद्धि देखिएको छ । आइतबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७८ हजार ८०० मूल्यमा खरिद बिक्री भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोवार भएको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला रु ७७ हजार ८०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु ९१५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.