जापान

जुलाईमा नेपाल फेस्टिबल गरिने

एनआरएनए जापानले नेपाली राजदूताबासलाई बुझायो कार्यप्रगति तथा योजना

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियोबीच एनआरएनए जापानले गर्दै आएको काम र भावी कार्ययोजनाबारेमा छलफल भएको छ ।

टोकियो स्थित नेपाली राजदुतावासको कार्यालयमा आयोजित छलफलमा दूतावासको तर्फबाट कार्यबाहक राजदूत अम्बिकाप्रसाद जोशी र गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगायत सहभागी हुनुभएको थियो ।

सोमबार भएको छलफलमा नयाँ कार्यसमितिले सात महिनाको अवधिमा गरेको विभिन्न सामाजिक काम र गतिबिधिहरुको बारेमा जानकारी गराउनुका साथै भावी कार्ययोजनाहरुको बारेमा नेपाली राजदूतावास जापानलाई जानकारी गराइएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

छलफलमा एनआरएनए जापानले सात महिनाको अवधिमा गरिएका कोभिड नियन्त्रण, आत्महत्या रोकथाम, बिद्यार्थी छात्रब्रृत्ती लगायत कामबारे जानकारी गराएको थियो ।

यसैगरी जापानमा बालबालिका अध्ययन, जापानमा ब्यवसाय, अवसर र चुनौती जस्ता कार्यक्रम तथा जापानमा समस्यामा परेका नेपालीहरुमा पुर्‍याएको सहयोग तथा नेपालमा गरिएको सामाजिक क्षेत्रमा गरिएको सहयोग सहित पररास्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्र लगायत बिषयमा जानकारी गराइएको प्रवक्ता लामिछानेले बताउनुभयो ।

भेटमा गैरआवासीय नेपाली संघ जापानले जुलाई महिनाको अन्तिम साता राजधानी टोकियोमा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलको बारेमा समेत राजदूतावासलाई जानकारी गराएको थियो । राजदूतावासको तर्फबाट कार्यबाहक राजदुत अम्बिका प्रशाद जोशीले आवश्यक फेस्टिवल आयोजनामा आवश्यक सबै साथ र सहयोग रहने प्रतिबद्धता सो अवसरमा जनाउनुभएको थियो ।

एनआरएनए जापानले आयोजना गर्ने सबै सामाजिक र रचनात्मक खालका कार्यक्रममा राजदूतावासको सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गर्दै कार्यवाहक राजदूत जोशिले एनआरएनए जापानलाई एक ढिक्का बनाउंदै एनआरएनए जापानले जापानमा रहेका नेपालीहरुलाई एकजुट बनाएर अघि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

उक्त भेटमा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले मार्च ५ तारिख आयोजना गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ जापानको क्षेत्रीय भेलामा राजदूतावासको तर्फबाट सहभागिताको लागि निमन्त्रणा समेत गर्नुभएको थियो । भेटमा राजदूतावासको तर्फबाट द्वितिय सचिव जीत बहादुर कार्की, तृतिय सचिव प्रेम बराल समेतको उपस्थिती रहेको थियो ।

यसैगरी गैरआवासीय नेपाली सङ्घ जापानको तर्फबाट अध्यक्ष पौडेल सहित वरिष्ठ उपाध्यक्ष नविन न्युरे, उपाध्यक्ष राम थापा अनिल, सचिव एलिशा केसी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.