राजनीति

गृहमन्त्रीलाई ओलीको जवाफ- सत्तामा रहेकै दल सडक तताउन तल्लीन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक गतिरोध फुकाउन आफूहरुले शालिनतापूर्वक कुरा राख्दै आए पनि सत्तामा रहेका दलहरु नै सडक तताउन तल्लिन रहेको बताउनुभएको छ ।

आज विहान ओलीको निवास बालकोटमा गृहमन्त्री बालकृष्ण खाँणसंगको छलफलमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

भेटमा वर्तमान अवस्थामा संसद कसरी सुचारु गर्नेलगायत समसामयिक राजनीतिमा देखिएका समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको छ ।

भेटमा अध्यक्ष ओलीले भने प्रमुख प्रतिपक्षी दलको हैसियतले एमालेले असहमतिका कुरा शालिनपूर्वक राख्दै आएको तर, सत्तामा रहेकै दल वा घटकले सडक तताउन तल्लीन बनेको धारणा राख्नुभएको जनाइएको छ ।

अध्यक्ष ओलीले सरकारमा रहेकै दलले राष्ट्रको सम्पत्ति भत्काउने जस्ता गतिविधि आश्चर्यजनक रहेको यसप्रति सरकार गम्भीर हुनुपर्नेमा ओलीले ध्यानाकर्षण गराउनुभएको पनि उहाँले बताउनुभयो ।

यसबाहेक सदनमा प्रवेश भइसकेका मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट् जस्ता विषयहरु अगाडि बढाउन सदनमा विरोधको अन्त्य हुनुपर्ने धारणा गृहमन्त्री खाँणले राख्नुभयो ।
खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएकाले यसका लागि पनि सत्तापक्ष र प्रतिपक्षमा सहमतिको वातावरण बन्नुपर्नेमा जोड दिनुभएको स्रोतले बतायो ।

एमाले अध्यक्ष ओलीले मंगलबार राती प्रधानमन्त्री शेरबहादर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.