जन सरोकार

हुम्लामा बिहानदेखि हिमपात

हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भन्नुभयो “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।”

यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ ।

हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ । ”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.