कला/मनोरन्जनकलिउड

पल शाहबिरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता

केही समययता एक गायिकासंगको अन्तरंग सम्बन्धका कारण विवादमा आएका कलाकार पल शाहविरुद्ध अन्ततः जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार एक किशोरीले आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एक अधिकारीका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । उजुरीमा उल्लेख गरिएको ती अधिकारीले बताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.