राजनीति

एमालेले दियो प्रधानमन्त्रीलाई अर्को बैठकसम्मको अल्टिमेटम

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आगामी संसद बैठकमा आफूहरुको माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठक केहीबेर अबरुद्ध गरेको एमालेले संसद सुचारु भएपछि फागुन ६ को बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउँदै सो मल्टिमेटम दिएको हो ।

शुक्रबारको बैठकमा विशेष समय लिएर एमाले सचेतक महेश बर्तौलाले भन्नुभयो, “संसदले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ, समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्दछु ।”

एमाले सचेतक बर्तौलाले संसदको आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे । तर संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस् ।”

एमाले लगायत विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा मागेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.