जन सरोकार

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

कतार पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बरियारपट्टी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बस्ने ३२ वर्षीय मोहम्मद गुलाबलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोहम्मदले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाइ प्रतिष्ठित होटलमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.