जापान

सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना

जापानमा सक्रिय रहेका सुदुरपश्चिमेली नेपाली समाज जापानले नयाँ नेतृत्व पाएका छ । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले पदमसिंह ठगुन्नालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

आगामी दुई वर्षका लागि चयन भएको समाजको उपाध्यक्षमा टक्कर कुँवर, चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध निर्वाचित भएका छन भने महासचिवमा प्रकाशसिंह महरा निर्वाचित भएका छन ।

सचिवमा बिमला साउद र कोषाध्यक्षमा कालु मेहता निर्विरोध निर्वाचित भएका छन भने सदस्यहरुमा क्रमशस्डिकेन्द्र कुँवर अमित बिष्ट, दिवाकर जोशी र भरत कुँवर निर्वाचित भएका छन ।

समाजको संरक्षकमा नृप बुढालाई चयन गरिएको छ भने सल्लाहकारहरुमा आशिष रावल ,भरत नेगी ,प्रकाश महरा योगेन्द्र बोहरा ,बिष्णु भट्ट र पूर्ण चलाउने चयन भएका छन ।

समाजका नवनिर्वाचित अध्यक्ष पदमसिंह ठगुन्नाले सुप समाजले जापानका सबै नेपाली संघ संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यमा सक्रिय रहने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

अन्तरराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका संरक्षक तथा सुप समाज जापानका पूर्व अध्यक्ष भरतसिङ नेगीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सुप समाज जापानका निबर्तमान अध्यक्ष एकेन्द्र थापा ,पूर्व अध्यक्ष आशिष रावल, सल्लाहकार बिष्णु भट्ट, पूर्ण चलाउने र योगेन्द्र बोहरा लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.