पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा : चारजना पक्राउ
पोखरामा प्रधानमन्त्री केपी ओली बिरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै कालोझण्डा देखाउने प्रयास भएको छ । सोमबार एक कार्यक्रममा सहभागी हुन पोखरा पुग्नुभएका भएका प्रधानमन्त्री ओलीबिरुद्ध समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी सहित नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थीहरुले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी सहित कालो झण्डा देखाउन खोज्दा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत चारजनालाई पक्राउ गरिएको हो ।
नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आउनुभएको हो । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदैछन् ।
प्रतिक्रिया राख्नुहोस्