विवाहको याममा सुनको भाउ आकाशियो : तोलाको ८० हजार
नेपाली समाजमाा विावहका लग्नका बीच सुनको मूल्य आकाशिएको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिदुमा पुगेर ८० हजार नाघेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ५ सयले बढेर ८० हजार नाघेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबा नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला रु एक हजार ५०० ले वृद्धि भै छापावाल सुन प्रतितोला रु ८० हजार ३०० मा कारोबार भई नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार छापावाला सुन रु ७८ हजार ८०० मा कारोबार भएको थियो । यो आइतबारको तुलनामा रु एक हजार ५०० ले बढी हो । यस्तै तेजावी सुन प्रतितोला रु ८० हजारमा कारोबार भइरहेको छ ।
आइतबार यो प्रतितोला रु ७८ हजार ५०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने आइतबार प्रतितोला रु ९२० मा कारोबार भएकोमा सोमबार प्रतितोला रु ९२५ मा कारोबार भइरहेको छ ।