राजनीति

अबको शिक्षा बहुआयमीक हुनुपर्नेमा सांसद भट्टराईको जोड

प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र नं २ की सांसद विद्या भट्टराईले शिक्षा बहुआयामिक हुनुपर्ने आजको खाँचो रहेको भन्दै विद्यालयहरुमा सीपमूलक र ब्यवसायमूलक पढाईलाई अगाडि बढाउन सरकार सक्रिय रुपले लागिपरेको बताउनुभएको छ ।

सोमबार हिमालय माध्यमिक विद्यालय पोखरा–२० मौजाको ४८औ बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताउनुभएको हो ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो तपाईहरु योजना बनाउनु होस् म तद्अनुरुप यो विद्यालयलाई हरदम साथ दिनेछु’ यसका लागि ब्यवस्थापन समिति शिक्षक, अभिभावक र विद्यार्थीलाई एक भएर लाग्नुपर्दछ । आफ्नो ठाउँको विद्यालय र यहाँको शिक्षालाई कस्तो बनाउने तपाईहरुकै हातमा रहेको समेत उहाँले बताउनु भयो ।

त्यस क्रममा उहाँले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका सबै विद्यालयमा संघीय संसदबाट उपलब्ध सेवा र सुविधा प्रदान गर्ने र आफ्नो क्षेत्रका सबै बिद्यालयहरुमा सडक, कृषी र प्रविधिसँगजोडेर सहजताकासाथ अध्ययन अध्यापन गर्ने परिपाटीको सुनिश्चितता दिलाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशेष अतिथि पोखरा महानगरपालिका वडा नं २० का वडा अध्यक्ष सिमबहादुर गुरुङले विद्यालयहरुमा शिक्षाको गुणस्तरलाई माथि उकास्न स्थानीयतहले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्दै आएको जानकारी दिदै यो बिद्यालयलाई नमुना बिद्यालय बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले विद्यालयहरुमा अध्यापनको समस्यालाई समाधान गर्न स्थानीयहरुकै ठूलो भूमिका रहने भन्दै सबै एकजुट भयर लागेमा सबै समस्या हल गर्न सकिनेमा जोड दिनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सु. हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मणीराज परियारले बिद्यालयको वार्षिक आय–ब्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बिद्यालयका पूर्व शिक्षक रोशन कुमार श्रेष्ठ, वडा नं २० का वडा सदस्य भीमप्रसाद बाँस्तोला, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नेपाली कांग्रेस वडा नं २० का सभापति तीलबहादुर गुरुङ, अभिभावक भीमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

शिक्षक डोलराज रेग्मी, विद्यार्थीद्वय मणिराज गुरुङ र लिलकुमारी बिकले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक द्वय देबीकुमारी थापा र दिपक गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मानबाट यस बर्ष शिक्षक द्वय डोलराज रेग्मी र शुष्मा गुरुङलाई सम्मानीत गरिएको थियो । त्यस्तै बिद्यालयमा लामो समय अस्थाई सेवा गरेका तथा २०७५ सालमा आन्तरीक परिक्षाबाट स्थाई हुन सफल शिक्षक/शिक्षिकाहरु लक्ष्मण पौडेल, दिपक गुरुङ, राधा आचार्य (सिग्देल), हिम कुमारी गुरुङ र सिता कुमारी गुरुङलाई पनि सम्मानित गरियको थियो । कार्यक्रममा विद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.