राजनीति

संसद पुनःस्थापना भएसंगै मुलुकभर उच्च सुरक्षा सतर्कता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताउनुभयो । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उहाँले भन्नुभयो, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुँवरले विशेष गरी काठमाडौं उपत्यकाका सर्वोच्च अदालत वरिपरी, माइतीघर मण्डला, न्यायाधीशका निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभएको छ ।

सम्भावित क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सर्वोच्च अदालतदेखि न्यायाधीसहरूको निवाससम्म, भेला जम्मा हुने झडप हुन सक्ने ठाउँहरूलाई मध्यनजरमा राखेर प्रहरी परिचालन भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.