जापान

प्रवासी नेपाली मञ्च जापानले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

नेपाला कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च, जापानले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी पुनःस्थापना गरेपछि नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई माग गरेको छ ।

मञ्चका अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीले एक संयुक्त विज्ञप्ति जारी गरी संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित संवैधानिक इजलाशको टोलीसहित बुद्धिजीवी, पेशाकर्मी, विद्यार्थी, मजदूरहरु संसद विघटन गर्ने ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम बिरुद्ध आवाज बुलन्द गरेकोमा धन्यवाद समेत दिइएको छ ।

विज्ञप्तिमा सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलाले प्रतिगामी कदम चाल्ने धृष्टताको पराजय भएको र आगामी दिनमा यस्तो दुस्साहस गर्नसक्ने कुटिल ओली प्रवृत्तिलाई निरुत्साहित गर्न पनि गतिलो पाठ भएको बताइएको छ । साथै सो निर्णयले देशलाई अनिर्णयका बन्द बन्नबाट जोगाएको उल्लेख गरिएको छ ।

मञ्चले अब प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तुरुन्त पदबाट राजीनामा दिई आफू पार्टीमा नरही विघटनको अन्तिम संघारमा पुगेको हाम्रो गारबशाली पार्टीलाई पुनः एकपटक एक हुन मार्ग प्रशस्त गर्न माग गर्दै पार्टीका नेता, न्याय र समानताको पक्षमा लागि पार्टी एकताको मुल भावमा रही बाँकी कार्यभार यथाशीघ्र सम्पन्न गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.