प्रधानमन्त्री ओलीको प्रश्न- एक इञ्च लामो धान कतै फलेको देख्नुभएको छ ?

कृषिप्रधान मुलुक नेपाल खाद्यान्न निर्यात गर्नेहरुका सूचीमा रहे पनि केही दशकयता खाद्यान्न आयात र अनुदानमा खानुपर्ने बन्दै गएका बेला पछिल्लो समय खाद्यान्न उत्पादनमा सुधार आएको छ । यसै भएर प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्नमा नेपाली एक हिसाबले आत्मनिर्भर भएको तर नक्कली र बाहिरका कुरातिर आकर्षित हुँदा समस्या आएको बताउनुभएको छ ।
बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो उत्पादनभन्दा नक्कली कुरातिर आकर्षित भएकाले समस्या भएको बताउनुभएको हो ।
कार्यक्रममा उहाँले नेपालीहरुको भाञ्छाको शैली र सत्कार शैलीमा बदलिएर आफ्नो उत्पादनभन्दा नक्कली बस्तुमा आकर्षित भएका कारण खाद्यान्नमा समस्या भएको जस्तो देखिएको बताउँदै हामीलाई लामालामा सिता भएको चामल चाहिन्छ भन्दै एक इन्च लामो धानकहीं फल्दैन तर एक इन्च लामो चामल कहाँबाट आउँछ भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो । धान अनुसारको चामल हुनुपर्नेमा त्यो मेसिनमा पेलेर नक्कली चामल बनान्छ । त्यो सब धोका हो भन्दै प्रधानमन्त्री ओलीले आज घर गएपछि लामो चामल किन्न बन्द गरिदिनुस् । त्यसको काम छैन । लामो चामलमा पूरानो चामललाई पेलेर बनाउने भएकाले पौष्टिक तत्व नहुने पनि बताउनुभयो ।
उहाँले शास्त्रीय दृष्टान्त दिंदै भन्नुभयो “शास्त्रमा पहिलो वर्षको अन्न बिउका लागि, दोस्रो वर्षको खानाका लागि र तेस्रो वर्षको होम यज्ञमा हवन गर्नु भनेको छ त्यो लामो चामल त झन् पाँच वर्ष पूरानो हुन्छ ।”
प्रतिक्रिया राख्नुहोस्