राजनीति

वानेश्वरमा एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्ने विषयमा सत्ता गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिएपछि सरकारको नेतृत्व गरेको नेपाली कांगेस एमालेको साथ खोजिरहेको छ ।

संसदमा टेबल भएको एमसीसी प्रस्तावमाथि छलफलको कार्यसूची रहेको भए पनि संसद बैठक स्थगित गरिएको छ । एमसीसी जसरी पनि पारित गर्ने रणनीतिमा रहेको नेपाली कांग्रेस सत्ता गठबन्धनबाट समर्थन नगर्ने बताएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजिरहेको छ ।

संसदको निर्धारित बैठक स्थगित भए पनि संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो ।

छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.