राजनीति

निर्णायक शक्ति केपी ओली : देउवा बाहिरिए लगत्तै प्रचण्डको भेट

पछिल्लो राजनीतिक घटनाक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्णायक शक्तिका रुपमा रहनुभएको छ । एमसीसी पास गर्न पनि ओली चाहिने, फेल गर्न पनि ओली चाहिने ।

यसै भएर प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिजोका दिनमा केपीको नाम पनि सुन्न नचाहने प्रचण्ड समेत उहाँसंग छलफल गर्न आतुर रहनुभएको छ ।

एमसीसी संसदबाट पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका शीर्ष नेताको छलफल लगत्तै माओवादीका नेताहरु ओलीसंग छलफल गर्नुभएको छ ।

संसद भवन नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको कार्यकक्षमा प्रधानमन्त्री देउवासहितको छलफलमा एमालेका सबै मागमा छलफल गर्न तयार रहेको बताउनुभएका देउवा बाहरिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीर्ष नेताहरुसहित ओलीसंग भेटवार्ता भएको छ ।

सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो । त्यसपछि दुबै दलका अरु नेताहरुसहित छलफल भएको नेताहरुले बताएका छन् ।

भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.