जन सरोकार

प्रसूति गृह थापाथलीबाट २६ दिनको शिशु चोरी

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिन भएकी नवजात शिशु (बालिका) चोरी भएको छ ।

नवजात शिशु

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखीक सूचना दिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै मौखिकरुपमा प्रहरीकहाँ खबर गर्नुभएको छ, यस विषयमा अनुसन्धान भइरहेको छ ।” नवजात शिशु चोरी भएको भन्ने खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.