जन सरोकार

पर्खालले च्यापिएर मृत्यु

खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा शुक्रबार एकजनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो ।

काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए । महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.