जन सरोकार

माल्दोवा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-७ घर भएका ६७ वर्षीय दल बहादुर बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बस्नेतले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दैप्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनलाई पर्सा वीरगंज महानगरपालिका-१३ राधेमाईबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.