जन सरोकार

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने दुई जना पक्राउ

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रूपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-४ घर भई पोखरा महानगरपालिका-११ फुलवारी बस्ने २७ वर्षीय इमरान अहमद खान रहेका छन् ।

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले कास्की पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाईपास गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूबाट भिओआइपी गेटवे ६४ पोर्टको २ थान, वाइफाई राउटर १ थान, युपिएस १ थान, एनसेलको सिम ५ सय ९७ थान, पेनड्राईभ १ थान, मोबाइल २ थान लगायतका उपकरण बरामद भएको छ । उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.