राजनीति

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा

काठमाडौँ क्षेत्र नं ५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी( एमाले) का नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ ।

सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उहाँले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ ।

बूढानीलकण्ठ मन्दिरलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने उहाँले योजना प्रस्तुत गर्नुभएको छ ।

टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवद्र्धन र संरक्षणमा उहाँले जोड दिनुभएको छ ।

काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन,सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि नेता पोखरेलले प्राथमिकतामा राख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.