"९० वर्ष पुरानो त्यो घरले केपीलाई देखेर खडगप्रसादलाई चिनेन होला"

प्रतिनिधिसभभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको धज्जी उडायो, अझ भनौं प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचाना गर्यो । बैठकमा बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन जन्मघर गएको सन्दर्भदेखि राजषी ठाँट देखाएको भन्दै आलोचना गर्नुभयो ।
डा रिजालले जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको टिप्पणी गर्दै उहाँको तामझाम देखेर विगतका राजा महाराजालाई पनि इष्र्या लाग्यो होला भन्दै जन्मघरमा जन्मदिन मनाउन जानुभएका प्रधानमन्त्री ओलीलाई त्यो ९० वर्ष पुरानो घरले यही हो मेरो काखमा जन्मेको खड्गप्रसाद भनेर चिन्दै चिनेन होला भन्दै व्यंग्य गर्नुभयो ।
उहाँले भन्नुभयो- ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्यो होला ।’
प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’
‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’
कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए । धेरैको अविश्वास रहेको तर शंकाको लाभ दिन तयार रहेको भन्दै उनले, ‘संसदमा विश्वासमा लिनुस्, भ्रष्टाचारका यस्ता घटना हुादैन भनेर विश्वास दिलाउनुस् ।’
प्रतिक्रिया राख्नुहोस्