राजनीति

माओवादीले एमसीसीको विपक्षमा रहेर गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने

अमेरकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको सत्ता साभेदार दल नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन भत्कन नदिन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय तर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

माओवादी नेता हरिबोल गजुरेलले बैठकको जानकारी दिंदै जनमत एमसप्सीको विपक्षमा रहेका बेला संशोधन नगरी पारित गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट अडान रहेको बताउँदै प्रतिगमनका विरूद्धमा बनेको यो गठबन्धन कायम राख्न अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै अर्का नेता लिलामणि पोखरेलले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिंदै एमसीसीको विपक्षमा लाग्दा सरकारबाट बाहिरिन परे त्यसका लागि समेत तयार रहेको बताउनुभयो ।

माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूलाई एमसीसीको विरोधमा सडकमा उतारेको छ । तर एमसीसी सम्झौता गर्ने चरणसम्म धेरै पटक माओवादी नेताहरू सहभागी भएकाले विश्वसनीयताको कुरा आउने बहस पनि माओवादीभित्र सुरू भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.