राजनीति

प्रधानमन्त्री देउवाले ओलीको समर्थन खोज्नु अनैतिक !

सरकारमा बसेर सरकारकै प्रस्तावको विप्क्षमा मतदान गर्ने घोषणा गरेको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नममा एमाले अध्यक्ष केपी ओलीसंग हुने सम्झौता अनैतिक हुने बताउनुभएको छ ।

सरकारमा बसेर एमसीसीको बिरोधमा कार्यकर्तालाई लडक तताउन पठाएका समाजवादीका अध्यक्ष नेपालले एमसीसी पास गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले नेपाल इन्डो प्यासिफक स्ट्राटेजीको अंग बन्न चाहँदैन र कुनै सैन्य रणनीतिमा, कसैको सुरक्षा रणनीतिअन्तर्गत नेपाललाई पार्न दिने पक्षमा छैनौँ भन्दै एमसीसी प्रोजेक्टमा कतिपय कुराहरुलाई मिलाउनु पर्ने बताउनुभयो ।

त्यस्तै उहाँले एमसीसी सम्झौता लागू हुँदा रोजगारीमा नेपालीको अधिकार कायम रहनुपर्ने र लेखा परीक्षणको अधिकारमा नेपालको अधिकार रहनुपर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.