जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । झापा, मेचिनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित माता पाथिभरा प्लाईउड उद्योग प्रालिमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा डिष्टिव्युटर प्यानल, प्लाईउड बनाउन प्रयोग हुने कच्चा पदार्थ र तयारी प्लाईउडहरू गरी करिब १ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ भुरेली बस्ने सरस्वती गौतमको लक्ष्मी फुड्स एण्ड प्याकेजिङ उद्योगको गोदाममा गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । यस्तै रूकुम पश्चिम, मुसिकोट नगरपालिका-११ सिर्पी बस्ने रिखिराम कामीको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यता ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका-५ हेल्लोक डाँडागाँउ बस्ने सुवाष लिम्बुको घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर र घर भित्र रहेको सम्पुर्ण धनमाल जलेर करिब ३५ लाख रूपैयाँ बराबारको धनमाल नष्ट भएको छ । साथै छिमेकी शमशेर लिम्बुले सोही घरमा पार्किङ गरी राखेको १ थान मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.