राजनीति

तेह्रथुम, पाँचथरको तरकारी तराई झार्ने काम गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले पूर्वी तराईका शहरमा पहाडी क्षेत्र तेह्रथुमम, पाँचथर, भोजपुरका तरकारी आउनुपर्ने बताउनुभएको छ ।

मंगलबार इटहरीमा रास्वपाले आयोजना गरेको चुनावी सभामा बोल्दै बालेनले उपस्थिहरुलाई ‘खाना खानुभो, तरकारी कहाँको खानु भो, सीमापारीको त होला’ भन्दै तेह्रथुम, पाँचथरतिरको तरकारी खाने वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।

पूर्वी नेपालको सम्भावनाको बयान गर्दै बालेनले संस्कृति, सम्पदाले भरिएको यो क्षेत्रको समग्र विकास हुनुपर्ने र सकिने बताउँदै उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै बालेनले खाने तेलदेखि मरमसलासम्मका उद्योग भए पनि नयाँ उद्योगहरु भने खुल्न नसकेको बताउनुभयो ।

सम्बोधन गर्दै बालेनले भन्नुभयो, “हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ । किराँतहरुको आस्थाको केन्द्र मुकुलुङ, खुवालुङ जस्ता ठाउँहरुलाई ७७ वटै जिल्लाका नेपालीले आस्था राख्न पाउन् । समस्याहरु धेरै छन्, समाधान पनि यहीँ छ । समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ, हाम्रो पार्टीले ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.