राजनीति

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट, के भयो कुराकानी ?

परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मङ्गलबार उहाँहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.