राजनीति

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा मन्त्री श्रेष्ठको जोड

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त नीतिबारे आयोजित छलफलमा उहाँले मानव बेचबिखनविरूद्ध समाजका सबै वर्ग एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

पर्याप्त स्रोत, साधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार गर्न कठिन भएको स्वीकार गर्दै उहाँले सामाजिक सङ्घसंस्थाको सहयोग र एकताबाट कठिनभन्दा कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिन्छ भन्नुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले मानव बेचबिखनजस्तो निकृष्ट कृत्य निर्मूल गर्न नीति सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.